२०८१ बैशाख ११ मंगलबार Tuesday, April 23

ताजा अपडेट :

विद्यालयमा लगाएको ताला ४ घण्टा पछी खोले विद्यार्थी

विद्यालय छेउमै रहेको काउलिखेतीमा व्यस्त हुन्छन् : प्रधानाध्यापक भगवान लाल प्रसाद गुप्ता
image

भुटाहा  । सुनसरीको हरिनगर गाउँपालिका १ मा रहेको  श्री चपडाही निम्न माध्यमिक विद्यालयमा नियमित पठनपाठन नभएपछि आइतबार  बिहान १० बजे विद्यार्थीहरु लगाएको ताला ४ घण्टा पछी ताला खोलेका थिए ।

 


प्र.अ. लाई हरिनगर गाउँपालिका शिक्षा समिति बाट बारम्बार अभिभावक भेला र बिद्यालय व्यवस्थापन समिति को बैठकको लागि भनिरहदा पनि अटेरी गरिरहेको व्यवस्थापन समिति का अध्यक्ष बिन्देशरी पौद्दार बताए । विद्यार्थीहरु लिखितरूपमा दिएको निवेदनमा ५ बुदे माग राखेका थिए, नियमित अध्यापन गराउनु पर्ने, शिक्षकहरु समयमा विद्यालय आउनु पर्ने, खेलकुद सामाग्री उपलब्ध गराउनु पर्ने, अफिस कोठा र कक्षा कोठा छुट्टाछुट्टै राख्नु पर्ने र शिक्षकहरु विद्यालय पोशाकमा आउनु पर्ने मागराखेका थिए । 

 

प्रधानाध्यापक भगवान लाल प्रसाद गुप्ता विद्यालयमा आउँदा पनि अध्यापन गराउँदैनन् बरु उनी विद्यालय छेउमै रहेको काउलिखेतीमा व्यस्त हुन्छन् ।

 

तर विद्यार्थीले माग गरेको मध्ये ४ नम्बर बुँदा अफिस कोठा र कक्षा कोठा छुट्टाछुट्टै राख्नु पर्ने मागमा तत्काल सम्बोधन गर्न नसक्ने भएकाले केही दिनमै सम्पूर्ण माग सम्बोधन गर्ने गरी हरिनगर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष लतिफ अन्सारी ले प्र.अ. लाई निर्देशन दिएको बताएकाछन् ।

 


विद्यालयमा शिक्षकहरु नियमित आउँदैनन्, आएका शिक्षकहरु नियमित कक्षा लिदैनन्, शिक्षकले सोधेको प्रश्नको जवाफ समेत दिन आनाकानी गरेपछि विद्यार्थीहरु आक्रोषित बनेका छन् । विद्यालयका प्रधानाध्यापक भगवान लाल प्रसाद गुप्ता विद्यालयमा आउँदा पनि अध्यापन गराउँदैनन् बरु उनी विद्यालय छेउमै रहेको काउलिखेतीमा व्यस्त हुन्छन् । पदिय जिम्मेबारी बिर्सेका प्रधानाध्यापकलाई विद्यार्थीको कुनै चिन्ता छैन भने शिक्षकहरुको के कुरा कक्षा ८ मा अध्ययनरत मुन्ना अन्सारी भन्छन्  शिक्षकहरु समयमै विद्यालयमा उपस्थित हुदैनन्, उपस्थित भएका शिक्षक आफ्नो घन्टीको बेला कक्षा कोठामा आउँदैनन्, अफिस कोठामा गफ हाकेर बस्छन् । त्यस्तै विधार्थी सलामत अन्सारी भन्छन् बिद्यालयको ओफिस कोठा समेत छैन । कक्षा २ को कोठामा ओफिस कोठा राखेका छन् । त्यसकारण कक्षा २ मा पढ्ने विद्यार्थीलाई पढ्ने क्रममा समेत डिस्ट्प हुने गरेको छ ।

 

 “निम्नमाध्यमिक  तहमा १ जना नेपाली  शिक्षकको मात्र दरबन्दी रहेको छ । नेपाली बाहेकका सबै शिक्षकहरुको अभाव छ ।” 

 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्देशरी पोद्दार का अनुसार ओफिस कोठा छुट्टै राख्न बारम्बार भनिरहेको छ् प्र.अ. अटेरी गरेका छन् । विद्यालयमा ढिलो गरीआउने नै शिक्षक उमेश मेहता हुन् शिक्षक मेहता कक्षा कोठामा गएर कुर्सीमा बसेरै सुत्नेगरेको विद्यार्थी मुन्ना अन्सारी बताउँछन् । विद्यालयमा शिक्षकहरु कालोपाटीमा कहिले लेख्दैनन्, कुनै प्रश्न गर्दा तिमिहरु आफै पढ् भनेर हामीहरु लाई पठाइदिन्छन् । 

 

विद्यालयमा अहिलेसम्ममा नैतिक, कम्प्यूटर, अग्रेंजी, गणित, लगायतका विषय एक पाठ पनि राम्रोसंग पढाई नभएको कक्षा ८ का विधार्थीहरु गुनासो गर्छन् । तर शिक्षकहरु राम्रो सँग अध्यापन गराइरहेको बताउँछन् ।

 


चपडाही निम्नमाध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेको सुनेपछि हामि विद्यालय पुग्दा प्राधानाध्यापक एउटा पनि कक्षा घण्टी नलिरहेको विद्यार्थीहरु बताए । अभिभावको कमजोरीका कारणले पनि विद्यार्थी न्युन उपस्थिति हुने गरेको उपस्थित विद्यार्थी भन्छन्  । 

 


विद्यार्थी काजल कुमारी पौदार भन्छिन्, “निम्नमाध्यमिक  तहमा १ जना नेपाली  शिक्षकको मात्र दरबन्दी रहेको छ । नेपाली बाहेकका सबै शिक्षकहरुको अभाव छ ।” श्री चपडाही निम्नमाध्यमिक  विद्यालयमा प्रावि तहका चार, बालविकास तहका दुई, राहतमा एक, निजिस्रोत बाट एक र काजमा एक जना गरी १०  जना शिक्षकको दरबन्दी रहेको छ । निम्नमाध्यमिकमा नेपाली विषयको शिक्षकबाहेक अन्य विषयहरुको शिक्षक अभाव छ । विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या, नैतिक  गणित लगायतका विषय पढाई  नै नभएको विद्यार्थीहरु भन्छन् । 

 


 त्यस्तै माविका विद्यार्थीहरुले पाउँनु पर्ने छात्रवृति हालसम्म पाएको छैन । बिद्यालयमा विद्यार्थी संख्या रेकर्ड अनुसार २०० जना रहेको छ, तर आजको विद्यार्थी उपस्थिती ८५ जना छ । चपडाही माध्यमिक बिद्यालय प्र.अ को निकै धेरै कमिकम्जोरी रहेको अभिभावकहरु बताउँछन् । 

 


विद्यालयका प्र.अ आफ्नो खेतबारीमा काम गर्छन्, आफ्नो बालबालिकाहरु लाई कसरी विद्यालय पढ्न पठाउने अभिभावकहरु भन्छन् । विद्यालयमा चर्पी छ तर पुरै चर्पी पÞmोहोर भएको छ । प्रधानाध्यापक र शिक्षक आफ्नै सुरमा छन् । हामि कक्षा संचालन भइरहेकै समयमा चर्पी गर्न घर जानुपर्छ विद्यार्थी सुरज मलहाले भने ।