२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

अव धनगढीको आफ्नै अप्टीकल फाईवर

image

धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रमा आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरेको छ ।उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच अप्टीकल फाईवर बिछ्याउने कार्यको उद्घाटन गरेका हुन ।


ई–गभरनेन्स सेवालाई प्रवद्र्धन गर्न र उप–महानगरपालिकाबाट प्रवाह हुने काम कार्वाहीलाई खुला र पारदर्सि बनाउनका लागि आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए । कुनै पनि नगर स्मार्ट हुनका लागि सूचना प्रविधीको विकास आवश्यक हुन्छ नगरप्रमुख वडले भने,‘ उप–महानगरपालिकाबाट दिने सेवालाई बिस्तारै पेपर नेस बनाउदै लगिने छ ।
 


धनगढी उप–महानगरपालिकालाई स्मार्ट बनाउदै लैजाने कुरा मैले चुनावको बेला बोलेको थिए नगरप्रमुख वडले भने,‘कतिपयले नगर स्मार्ट बनाउने कुरा गर्दा खिस्सी पनि गरे । नगर स्मार्ट हुनका लागि सुचना प्रविधी, भौतिक संरचना, प्रवाह गरिने सेवा लगायतका मापदण्ड पुरा गरेको हुनु पर्छ नगरप्रमुख वडले भने,‘त्यस कारण हामी मापदण्ड पुरा गर्दै गैरहेका   छौं ।
 


उप–महानगरपालिकाका १९ वटै वडामा पुग्ने गरि फागुन मसान्त सम्म काम पुरा हुने सफ्ट वेयर ईन्जीनियर हरी प्रशाद भट्टले बताए । उनले भने,यो काम धनगढी उप–महानगरपालिकाको हो यसमा प्राविधीक साझेदारी न्यू आईटी भेन्चरले गरिरहेको छ ।


अप्टीकल फाईवर बिछउन ८५ लाखको स्टीमेट रहेको छ उप–महानगरका स्थानीय सहजकर्ता बिक्की चन्दले भने,‘पहिलो चरणमा उप–महानगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य, भेटेननरीमा पु¥याईने छ । उप–महानगरले सबै सामुदायीक विद्यालयका समेत सेवा पु¥याउने लक्ष्य राखेको चन्दले बताए ।


उप–महानगरले योजनाहरुको अनुगमन, मुल्यांक र सुझाव समेत दिन सकिने गरी हाम्रो धनगढी एप्स समेत संचालनमा ल्याएको छ ।