२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

शुक्लाफाँटा नगरपालीकामा सातौं चरणको राष्ट्रय हात्तीपाईले निवारण अभियान सुरु

हात्तीपाईले निवारण अभियान २०७५ सुरु
image

कञ्चनपुर(झलारी)

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकामा सातौं चरणको राष्ट्रय हात्तीपाईले निवारण अभियान २०७५ को  नगरप्रमुख दिलवहादुर ऐरले हात्तीपाईले विरुद्धको औषधी खाएर अभियानको  सुरुवात गरेका छन । आफुले औंषधी खाएपछि सम्पुर्ण नगरवासीलाई पनी र्निधक्क भएर औषधी खान नगर प्रमुखले आग्रह गर्नु भयो ।
 


शुक्लाफाँटा नगरपालीकामा ५० हजार २ सय जना भन्दा वढीलाई खुवाईने लक्ष रहेको शुक्लाफाँटा नगर स्वास्थ्य साखा प्रमुख तिर्थराज भट्टले जानकारी दिनु भयो । उहाँले भन्नु भयो शुक्लाफाँटा नगरपालीकामा ३५ बुथमा ४१ जना स्वस्थ्य क्रर्मी र ८८ जना स्वयम सेवीका समेत प्ररिचालन गरीएका छन  । यो औषधी दुइ वर्ष नपुगेका केटाकेटीहरु, गर्भवती आमा, सात दिन सम्मकी सुत्केरी आमा, सिकिस्त विरामी, र छारे रोगका विरामीहरुले औषधी सेवन गर्न नहुने नगर स्वास्थ्य साखा प्रमुख  भट्टले जानकारी दिनु भयो । 
 


उहाँले भन्नु भयो यी औषधी सेवन पछि कसै कसैमा सामान्य टाउको दुख्ने, पेट दुख्ने वा पखाला लाग्ने हुन सक्छ ।त्यसै गरी शरीरमा हात्तीपाईलेका परजिवी भएकाहरुमा उक्त परिजिवीको मृत्यु हुँदा कसैकसैलाई  ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, बाक बाकी लाग्ने, बान्ता हुने,पेट डम्म परे जस्तो हुन सक्छ तर यस्ता असर एक दुई दिन पछि आफै निको भएर जान्छन । यस्ता असर देखिएमा औंषधी प्रभावकारी छ, शरीरमा भएको परिजिवि नष्ट हुदैछ भन्ने बुझ्नु पर्दछ नगर स्वास्थ्य साखा प्रमुख  भट्टले जानकारी दिनु भयो । उहाँले भन्नु भयो असर वढी देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा उपचार गर्न जानु पर्दछ ।
 


नगर प्रमुख संग संगै नगर उप प्रमुख तुलसी हमाल, कार्यपालीका सदस्य लक्ष्मी साह, नगर भित्र रहेका स्वास्थ्य कर्मी, शिक्षकहारुले हात्तीपाईले विरुद्धको औषधी खाएका थिए ।