२०८१ बैशाख ११ मंगलबार Tuesday, April 23

ताजा अपडेट :

चुरे क्षेत्रको विचित्र सुनदेवी ताल

ताल र मन्दिरको दर्शन नगरे मनोकांछा पुरा हुन्छ 
image

कञ्चनपुर(झलारी ) कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वडा नम्वर ८ चुरे क्षेत्रमा विचित्रको सुनदेवी ताल रहेको छ ।  ताल छेउमा रहेको माता सुनदेवी मन्दीर र सुनदेवी तालको प्रचार प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।
 


प्राचिनकालमा माता सुनदेवीले नुहाउने भएकाले सुनदेवी तालको नाम रहेको बुढापाकाहरुको अर्ति रहेको वडा नम्वर ८ का अध्यक्ष वहादुर महराले जानकारी दिनु भयो । 
 


ताल समुद्धि सतहवाट करिव ३५ सय मिटर उचाईमा रहेको अध्यक्ष महराले जानकारी दिनु भयो । यो ताल अरु ताल भन्दा छुट्टै  विशेषता बोकेको छ । ताल र मन्दीरको वरपर हो–हल्ला गर्न नमिलने, उछृङखल गतिविधी गर्न नमिल्ने अध्यक्ष महराले वताउनु भयो । 
तालको प्रचर प्रसारका लागि  यतायको साधन पुग्न आवश्यक हुने भएकाले आउदो आर्थिक वर्षमा धार्मीक र प्रकृतिलाई असर नपर्ने गरी वाटो पुगाउने लक्ष रहेको अध्यक्ष महराले वताउनु भयो । 

 


भगवति समुदायीक वनको चुरे फेदमा रहेको सुनदेवी ताल र तालको माथी डाँडामा रहेको मन्दीरको दर्शन गरे मनोकामना पुरा हुने भगवति सामुदायीक वनका वनपाले दुखुवा डगौरा बताउद छन  । उहाँका अनुसार सुनदेवी तालको गरीमाको जति बर्णन गरेपनि पुग्दैन ।  
 


सामुदायीक वनको वनपाले भएको १७ वर्ष पुराभैसक्यो यहाँ जंगली जनावर बाघ, हात्ती, अनिङ्गर, वदेल जस्ता धेरै घातक जनावर भएपनि विहान जंगलमा छिर्दा हे सुनदेवीमाता मेरो रक्षा गर्नु भन्छु मलाई अहिले सम्म कुनै जनाबर वाट कुने प्रकारको खतारा नभएको उहाँ सगर्व सुनाउद छन ।
जनावरहरु आफ्नो अगाडी वाट त धेरै पल्ट ओहरदोहर गर्दछन आफुले पनि उनिहरुलाई छेडखानी गर्नु पर्दैन जनावर वाट पनि कुनै खालको खतरा हुदैन उहाँले भन्नु भयो ।

 


उहाँले भन्नु भयो म सानै छदा यो तालको आकार यस्तै देखेको थिए हाल आएर पनि कुनै प्रकारको परिवर्तन आएको छैन । 
ताल सम्म पुग्ने बाटोको मात्र सरकाले व्यवस्था गर्ने हो भने ताल को प्रचार प्रसासारहुने स्थानिय पत्रकार डि.बि. कुश्मीले वताउनु भयो । 
तालको वरीपरी रुखै रुख छन तैपनि कुनै पात पत्यङगर तालमा छैनन । ताल समय अनुसार आफ्नो रंग पनि परीवतन पनि गर्दछ । स्थानि सरकारले यो तालको महिमाको प्रचार प्रशार गयो भने शुक्लाफाँटा नगरपालीकाको नाम नेपाल भरी चीनाउन ठुलो मद्दत पुयउने पत्रकार कुश्मीले जानकारी दिनु भयो । अव सरकारको ध्यान धार्मीक तथा प्रयटकीय क्षेत्रको प्रचारप्रशार तिर जानु पर्ने उहाँको भनाई रहेको छ ।