२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

थारु होमस्टेका लागी होली

image

कञ्चनपुर(झलारी)
कञ्चनपुरका राना थारु वस्तीमा होलीको रौनक छाएको छ । बिशेष गरेर कञ्चनपुर र कैलालीमा बसोवास गर्ने राना थारुका गाँउमा होलीको उमंग छाएकोे छ ।
 गाँउमा होली समिति ताथा यूवा क्लवहरुले यहाँका वस्तीमा होलीको आयोजना गरेर कला, संस्कृति र परम्पराको संरक्षणमा टेवा पुया्इरहेका छन । 
यसै गरी वेदकोट नगरपालीकाको वडा नम्वर ९ को सुन्दरपुरमा पनि चैत्र तिन गते वाट गाँउमा होली (फगुवा) खेल्न सुरु गरेको भलमन्सा नरेन्द्र रानाले वताउनु भयो । होलीमा महिला तथा पूरुषको उल्लेखनीय सहभागीयता रहेको भलमन्सा रानाले वताउनु भयो ।


चैत्र ३ गते वाट थारु लगाएत पहाडि समुदायमा सद्भाव होली खेली रहेको र फागुपुर्णीमाको दिनमा होलीको दहन गरीसके पछि भोली पल्ट दहन गरीएको होलीको टिका लगाएर परम्परा गत रुपमा थारु समुदाएमा होली खेल्ने भलमन्सा रानाले वताउनु भयो ।  


होली खेलेर संकलीत रकम होमस्टे  सञ्चालन र भुइया देवताका लागी राखीएको अधिक्रमीत जग्गाको सिमना एकिन गर्नका लागी रकम खर्च गर्ने योजना वनाइएको पूर्व भलमन्सा रामदिन रानाले वताउनु भयो । प्रत्येक वर्ष खेलीने होलीले संस्कृति वचाउनमा टेवापुगेको  उहाँको भनाई रहेको छ ।
 राना थारु समुदाएले फागुपुर्णीमाका दिन देखी चैत कृष्ण सप्तमी सम्म होली पर्व धुमधाम संग मनाउने गरेका छन ।