२०८१ बैशाख ११ मंगलबार Tuesday, April 23

ताजा अपडेट :

फाउडो प्रहार गरी महिलाको हत्या

image

कञ्चनपूर झलारी

कञ्चनपूरको लालझाडी गाँउ पालिका वडा नम्वर ०१ मा फाउडो प्रहार गरी सोमवार एक महिलाको हत्या गरेको छ ।

लालझारी गाँउ पालिका १ बस्ने कृपाल रानाको श्रीमती अन्दाजी ५० बर्ष कि बासमति रानालाई सोही ठाँउ वस्ने छोटेलालाको रानाको छोरा अन्दाजी २५ बर्ष को निरज रानाले टाउकोमा फाउडो प्रहार गरेपछि घटनास्थलमानै  बासमतिको मृत्यु भएको  कञ्चनपूर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञान वहादुर विष्टले जानकारी दिनु भयो ।
टाउकोमा फाउडो प्रहार गर्ने निरज राना लाई ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्तीको टोलीले तत्काल नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान कार्य गरिरहेको प्रवक्ताले जनाकारी दिनु भयो । मृतकको सवलाई पोष्टमार्टमका लागी सेती अञ्चल अस्पताल धनगढी पठाईएको छ ।