२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

कृष्णपुरमा नगर स्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता शुरु

image

कंचनपुर, कंचनपुरको कृष्णपुर नगरपालिकामा आजदेखी नगर स्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । गत जेठ २४ गतेदेखि शुरु हुने भनिएको मेयर कप प्रतियोगिता कंचनपुरमा आएको हावाहुरीका कारण स्थगित गरिएको थियो । कृष्णपुरका ९ वटै वडाको १,१ गरि ९ वटा टिमको सहभागिता रहेको खेलको उद्घाटन सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले गर्नु भएको छ ।

फुटबल खेलको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले खेलाडी राष्ट्रका गहना भएकोले खेलाडीलाई देश निर्माणको मुल प्रवाहमा ल्याउन सुदुर पश्चिम सरकारले खेलकुदको बिकासका लागि कृयाशिल रहेको बताउनु भएको छ । खेलले नै सबैलाई जोड्ने र समाजलाइ एकतामा बाध्ने भएकोले यसको बिकासमा सबैले लाग्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा बिशिस्ट अतिथिको आसनबाट बोल्दै सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य महेशदत्त जोशीले खेलले एकता र सद्भाव कायम गर्ने भएकोले सबै स्थानीय तहले यस्को बिकासका योजना ल्याउन सुझाव दिनुभयो ।

कृष्णपुरका नगरप्रमुख कर्ण हमालले एक वडा एक खेल मैदान र एक नगर स्तरीय स्टेडियमका लागि नगरपालिकाले बजेट बिनियोजन गर्ने बताउनु भएको छ । नगर प्रमुख हमालको अध्यक्षता भएको खेल उद्घाटन समारोहमा नेकपाका नेता जयराज पाण्डेय,खेमराज पाण्डेय नेपाली कांग्रेसका नगर सभापति भक्त बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । उद्घाटन खेल कृष्णपुर वडा न २ र ४ का बिच शुरु भएको छ । वडा नम्बर २ र ४ का बिच भएको पहिलो खेलमा वडा नम्बर ४ २-० ले बिजयी । पहिलो गोल जर्सी नम्बर १० का सुनिल थापा र दोश्रो गोल जर्सी नम्बर १६ का हेमन्त बोहराले गरेका थिए ।