२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

सहकारीका सदस्यलाई उद्यमशिलता तालिम

image

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० मा रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्था तथा आरएम डिसीको साझेदारीमा सञ्चालित तीन दिने व्यवसायीक योजना, साना तथा मध्यम विकास तालिम शनिवार सम्पन्न भएको छ ।

 

सहकारीका सदस्यहरुलाई उद्यमी बनाउन तालिम सञ्चालन गरिएको हो । तालिममा ३० जना सहकारीका सदस्यहरुको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई व्यवसायीक योजना बनाउने, पूजिँ परिचालन गर्ने,पूजिँको श्रोत पहिचान गर्ने र पूजिँको सदुपयोग गर्ने तरिका बारे जानकारी दिईएको सहकारीका प्रबन्ध निर्देशक मदनराज भट्टले बताउनु भयो ।

“तालिमका नाममा धेरै रकम खर्च गरेको नगरपालिकाले कस्तो उपलव्धी हासिल गरेको छ ।” :पुष्पराज भट्ट

तालिम समापन समारोहका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले तालिम सिकेका युवा युवतीहरुलाई आवश्यक आर्थिक सहयोग गरिने बताउनु भयो । तालिम लिएर सक्षम बनेका र स्वरोजगार हुन चाहने युवा युवतीलाई जुन सुकै किसिमको सहयोग गर्न तयार छौं नगर प्रमुख ऐरले भन्नु भयो, “यसका लागि प्रस्ताव आउनु परयो ।” सहकारीका सदस्य पुष्पराज भट्टले नगरपालिकाले सञ्चालन गरेका तालिम उपलव्धी विहीन रहेको बताउनु भयो । ठुलो लगानीका एक दिनमै सम्पन्न हुने तालिम बाट कस्तो जनशक्ति तयार भयो उहाँले भन्नु भयो, “तालिमका नाममा धेरै रकम खर्च गरेको नगरपालिकाले कस्तो उपलव्धी हासिल गरेको छ ।”

 

दक्ष जनशक्ति विना सञ्चालन गरिएका तालिमले उपलव्धी नदिने भएकाले सहकारी संग सहकार्य गरेर कार्य गरेको भए तालिम उपलव्धी मुलक हुन सक्ने उहाँले धारणा व्यक्त गर्नु भयो । सहकारीका सचिव खगेन्द्रप्रसाद पाण्डेयले योजनाबद्ध रुपमा अगाडी बढे मात्रै व्यवसायमा सफल हुन सक्ने बताउनु भयो । सहकारीका अध्यक्ष शिवराज भट्टले थोरै पूजिँँमा थोरै जनशक्तिमा सञ्चालित सहकारी सफल हुनुमा सहकारीका सदस्यहरुको अथक परिश्रमको फल भएको बताउनु भयो । तालिमको सहजीकरण रमेश जोशीले गरेका थिए ।

 

युवा समाजसेवी प्रेम धानूकले जुनुसुकै कार्यका लागि योजना आवश्यक रहेको र त्यसका लागि सीप समेत हुनु पर्ने बताउनु भयो । समापन कार्यक्रममा तालिमका सहभागीलाई सहकारीका अध्यक्ष र नगर प्रमुख दुवै जनाले प्रमाण पत्र प्रदान गर्नु भयो । सहकारीले शाखा कार्यालय रहेका बेलौरी, बेलडाँडी, दैजी र झलारीमा गरी २६० जना युवा युवतीलाई उद्यमशिलता बारे तालिम प्रदान गरेको छ । जस मध्ये १० प्रतिशत युवा युवतीहरु योजनावद्ध रुपमा व्यवसाय गर्न सक्षम भएका छन ।