२०८१ बैशाख ११ मंगलबार Tuesday, April 23

ताजा अपडेट :

ट्राफिक प्रहरी १५ वर्ष देखी खोकामा

image

प्रभु समाचारा/झलारी,४ भदौ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत ट्राफिक प्रहरी वर्षैदेखि काठको खोका(छाप्रो)बाट सेवा दिदै आएका छन् । पक्की भवन नहुँदा काठको खोकामा बस्नुपर्ने ट्राफिक प्रहरीको बाध्यता रहेको छ । भवन अभाव हुँदा सेवा प्रदान गर्न समस्या भइरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट कलुवापुरका प्रहरी नायब निरीक्षक खड्कबहादुर बमले बताए । ‘यहाँ ट्राफिक प्रहरी राखिएको १५ वर्ष भयो, स्थापना भएदेखि काठको खोकामा बस्दै आएका छौं,’उनले भने,‘काठको खोका पुरानो भयो, जिर्ण भएको छ ।’ काठको खोका आवश्यकता भन्दा सानो भएको उनले बताए । ‘काठको खोका सानो छ, दुई जनालाई मात्र बस्न हुन्छ,’उनले भने,‘पानी परेको समयमा सबै ट्राफिक प्रहरी बस्नलाई पनि ठाउँ छैन् ।’ जिर्ण अवस्थामा रहेको काठको खोका मर्मतमा समेत स्थानीय सरकार(शुक्लाफाँटा नगरपालिका) ले चासो नदिएको ट्राफिक प्रहरी नायव निरीक्षक बमले बताए ।

 

‘जिर्ण अवस्थामा रहेको खोका मर्मतका लागि शुक्लाफाँटा नगरपालिका, वडा नम्बर ११ लाई आग्रह गरे, तर, मर्मतका लागि कुनै चासो दिएको छैन्,’ उनले भने,‘खोकामा रहेका सबै काठ कुहिएका छन् ।’ काठको खोका जिर्ण भएकाले पानी पर्दा चुहीने गरेको उनले बताए । ‘पानी पर्दा पोष्टमा बस्न सकिदैन्, पानीले पोष्टमा रहेका महत्वपूर्ण कागजपत्र सुरक्षित स्थानमा राख्नुपर्छ,’उनले भने,‘पानी परेको समयमा नजिकका पसलमा बस्ने गरेका छौं ।’ जमिन र भवनको व्यवस्थापन गरिदिन शुक्लाफाँटा नगरपालिकासँग आग्रह गरिएको उनले बताए । ‘नगरपालिकाले सहयोग गर्छु भन्छ तर गर्दैन्,’ उनले भने । कलुवापुर ट्राफिक पोष्ट जिल्लामै बढी राजश्व संकलन गर्ने अस्थायी ट्राफिक पोष्ट हो । पोष्टले वार्षिक २२÷२३ लाख रुपैयाँ राजश्व संकलन गर्ने गरेको छ । शुक्लाफाँटा नगरपालिकाले वडा नम्बर ११ मार्फत ट्राफिक प्रहरीको लागि भवन निर्माणका लागि जग्गा छुट्याएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । प्रहरी र ट्राफिक प्रहरीको लागि भवन निर्माण भइरहेको वडा नम्बर ११ का अध्यक्ष दिलबहादुर बुढाले बताए ।