२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

आफ्नै गोरुले हान्दा जेष्ठ नागरिकको मृत्यु

image

प्रभु समाचार,झलारी २७ असोज, गोरुले हान्दा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका ७५ वर्षीया चतकली चौधरीको गोरुले हान्दा ज्यान गएको हो । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हान्दा गम्भीर घाइते चौधरीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको शुक्लाफाटा  नगरपालिका वार्ड नम्बर–८ का वडाध्यक्ष बहादुर सिंह महराले बताए।