२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

विपद जोखिम न्यूनिकरण दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

image

 प्रभु समाचार,झलारी २७ असोज,अन्तराष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवसको अवसरमा कन्चनपुरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । ‘अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभुत सेवा प्रवाह रोकिनबाट जोगाऔ’ भन्ने नाराका साथ एक साता भरी विभिन्न कार्यक्रम गरिने जनाइएको छ । जिल्ला विपद ब्यवस्थापन समिति  कन्चनपुरले विपद जोखिम न्यूनिकरणमा सामुदायिक विपद ब्यवस्थापन समितिको भूमिका बिषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापत्तित्व प्रमुख जिल्ला अधिकारी श्री शुसिल वैद्य, प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख फैरु तमाङ्ग, अतिथिमा सेनानी प्रणय जंग मल्ल, प्रहरी उपरिक्षक दिनेश आचार्य, नेपाल रेडक्रस शोसाइटीका सभापति टेकराज उप्रती, कोषाध्यक्ष थिरेन्द्र चन्द्र भट्ट, एनएसडब्लुएकातर्फ वाट मिनु सुनार र हिमालय थापाको उपस्थती रहेको थियो ।

विपद जोखिम न्यूनिकरणमा सामुदायिक विपद ब्यवस्थापन समितिको भूमिका बिषयमा वक्तृत्वकला प्रतियोगितामा कंचनपुर जिल्लाका वेलौरी नगरपालिका, लालझाडि गाउपालिका, कृष्णपुर नगरपालिका, शुक्लाफाटा नगरपालिका, भिमदत्त नगरपालिका र माहाकालि नगरपालिका गरी जम्मा ६ वटा पालिका अन्तर्गत गठन भएका २५ वटा सामुदायिक विपद व्यवस्थापन समितिहरुले सहभागिकारुपमा प्रतिस्पर्धा गरेका थिए । वक्तृत्वकला प्रतियोगितामा इटहा सामुदायिक विपद व्यवस्थापन समिति शुक्लाफाटा न.पा.का सचिव मंगल प्रसाद चौधरी प्रथम,मालिका सा.वि.व्य.स. माहाकालि नगरपालिका पदम वं सिंह द्धितिय, स्याउली वजार सा.विंव्य.स. माहाकालि नगरपालिकाका माधवी  कुमारी भट्ट तृतिय र वेलौरी न.पा.का मायाराम शर्माले चौथो तथा सान्त्वना स्थान हासिल गरेका छन  ।  यसै गरी निर्णायक समितिमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख श्री राजेन्द्र प्रसाद भट्टको संयोजकत्वमा ३ सदस्यीय निर्णाक समिति गठन भएको थियो जस्मा भीमदत्त नगञपालिकाका विपद फोकल पर्सन पुष्पराज भट्ट र रेडक्रसका कोषाध्यक्ष थिरेन्द्र चन्द्र भट्ट रहेका थिए र कार्यक्रमको संचालन रेडक्रसका परियोजना संयोजक गोेविन्द पन्तले गर्नु भएको थियो ।