२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

दिपनगरमा गोठमा आगलागी,लाखौँको क्षति

image


 प्रभु समाचार,झलारी, २८ असोज,शुक्लाफाँटा नगरपालिका वार्ड ११ दिपनगरमा रहेको भैसी गोठमा भएको आगलागीमा १ लाख २५ भन्दा बढिको क्षति भएको छ । सोमबार राती अचानक गाई गोठमा भएको आगलागीबाट गोठमा भएको काठ, छानो तथा भुषा जलेर नष्ट भएको हो । स्थानीय प्रताप सिंह बिष्टको भैसी गोठमा आगलागी भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए । आगलागीबाट करिब १ लाख २५ हजार बराबरको काठ, छानो तथा भुशा जलेर नष्ट भएकोे उनले बताए । रातिको समयमा गोठ नजिकै मच्छर भगाउन आगो बालेको हुदा सोही आगोबाट गोठमा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । सोमवार राती करिब १ बजे लागेको आगो झण्डै दुई घण्टा पश्चात् शुकलाफाटा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।