२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको कार्यलयमा ताला

image

धादिङ,धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको कार्यलयमा हिजोदेखि लागेको ताला अझैँ खुल्न सकेको छैन । नेपाली काँग्रेस समर्थक जनप्रतिनिधिहरुले गाउँ सभामा आफूहरुको मागलाई सम्बोधन नगरेको भन्दै तालालगाएका हुन् ।

 

नीति निर्माणमा एकतर्फी निर्णयको विरोध गर्दै पुन गाउँसभा गर्नुपर्ने उनिहरुको माग रहेको छ । गाउँ सभामा बाईपास गर्न खोजेको आरोप नेपाली काँग्रेस समर्थक जनप्रतिनिधिहरुको छ । गाउँपालिकाको कर्मचारीहरुले भने बाहिर आएको हल्ला जस्तो नभईकन सामान्य विवाद मात्र भएको
बताएका छन् ।

 

आज विहान ११ बजेपछि ताला खोल्ने विषयमा छलफल भईरहेको नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले जानकारी दिनुभयो । गाउँपालिकामा ताला लाग्दा हिजो गाउँपालिकाको कामकाजमा बाधा परेको सेवाग्राहीले बताएका छन् ।