२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

धादिङको दरियाल खोलामा अवैद्य एक्साभेटर मेसिन चल्न बन्द

image

धादिङ, स्थानीय मजदुरको प्रयासपछि धादिङको गजुरी गाउँपालिकाको वडा नम्वर ६ दरियाल खोलामा एक्साभेटर मेसिनबाट बालुवा निकाल्ने काम बन्द भएको छ ।

 

खोलामा अबैध रुपमा एक्साभेटर मेसिन हटेसँगै दरियाल खोला आसपासका गाउँका स्थानीय मजुदुरहरु पुनः थुन्चेमा बालुवा बोकि आफ्नो जीविको पार्जन गर्न थालेका छन् । दरियाल खोलामा झण्डै एक महिना अघिदेखि स्थानीय मजदुरहरुको रोजीरोटी नै खोसिनेगरि अबैध रुपमा एक्साभेटर प्रयोग गरि बालुवा निकाल्ने काम भएपछि स्थानीय आफै सकृय भएर मेसिनको चाबीसमेत कब्जामा लिएका थिए । पछि प्रशासन तथा प्रहरीलाई समेत खवर गरेका थिए ।

 

पटक पटक प्रहरीलाई खबर गर्दा पनि अबैध खोला उत्खनन नरोकिए पछि जथाभावी स्काभेटर लगाएर खोलाको दोहन रोक्न र आफ्नो रोजीरोटीको ग्यारेन्टी गरिदिन माग गर्दै दरियाँल खोला आसपासका स्थानीयहरु गुहार माग्दै जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यालय र जिल्लाा समन्वय समितिमा ज्ञापनपत्र बुझाएका थिए ।