२०८१ बैशाख ११ मंगलबार Tuesday, April 23

ताजा अपडेट :

हावाहुरी पिडित लाई राहत वितरण

image

सुखड, गत जेठ २३ गते आएको विनासकारी हवाहुरी पिडित लाई कैलालीको घोडाघोडी नगरपालिका वडा न ३ ले राहत वितरण गरेको छ । वडा कार्यालयले हावाहुरी पिडित लाई राहत स्वरुप बुधबार चेक हस्तान्तरण गरेको हो ।

 

हावाहुरीले पुयाएको क्षेतिको अवस्थाका आधारमा वडा न ३ ले वडाका ८० घरपरिवार लाई न्युनतम २ हजार देखी अधिकतम् ८ हजार सम्म रकम हस्तान्तरण गरेको छ । वडा नम्बर ३ मा १ सय २९ जनाको घरमा विनासकारी हवाहुरीले क्षती पुगाएको थियो ।

 

पहिलो चरणमा नगरपालिका बाट ८० जनाको चेक आएको र दास्रो चरणमा अन्य पिडितको चेक आए पछि राहत वितरण गरीने वडा अध्यक्ष कमल थारुले बताउनु भयो । सामान्य रुपमा वडा कार्यालय बाट राहत पाए पछि हवाहुरी पिडित खुसी देखिएका थिए ।विनासकारी हावाहुरीले वडा न ३ मा कतिका घरका छाना उडाएका थिए भने कतिका घर नै भत्किएका पनि थिए ।

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download