२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

कैलाली कैलाली र कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

थारु बस्तीमा सखिया नाचको रौनक
image

विवश चौधरी, २२, पहलमानपुर अहिले पश्चिम तराईका थारू बस्तीमा सखिया नाचको रौनक छ। दशैँ र तिहारमा नाचिने सखिया नृत्यले थारु बस्तीमा उल्लास छाएको छ। थारूको अटवारी पर्वको दोस्रो दिनदेखि तिहारसम्म सखिया नाच्ने प्रचलन रहेको छ।

दिनभरि खेतबारीमा काम गरेर बेलुकी सखियाको रमाइलो हुने गरेको धनगढीका ओम थारुले बताए। ‘बेलुकाको खाना खाइसकेपछि फुर्सदको समयमा सखिया नाच हुने गरेको छ,’ उनले भने ‘नाच्ने युवतीहरू, मादल बजाउने युवा र हेर्न जाने दर्शकहरूले गर्दा बस्ती नै उल्लासमय हुने गरेको छ।’

सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन भने नाचको सुरूआत गर्नुअघि गुरुवाको आदेश अनुसार पूजा हुने गरेको छ। दसैंका बेला मात्रै होइन विभिन्न महोत्सवहरूमा पनि अहिले सखया नाचले स्थान पाउन थालेको छ। सुदूरपश्चिममा आयोजना हुने मेला, महोत्सव र विभिन्न सार्वजनिक कार्यक्रममा पनि सखियाले स्थान पाएको धनगढीकै अर्जुन चौधरीले बताए।

माघमा नाचिने मघौटा नाच र दसैंका बेला नाचिने सखिया नाच थारूहरूको चर्चित नाच रहेको उनले बताए। सखिया गीतमा कृष्ण लीलाको आरम्भबाट अन्त्यसम्म गाउने गरिन्छ । साथी सङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले सखिया नाच भनिएको हो।थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन्। सखी सखी अर्थात साथीहरु मिलेर नाच्ने नाच भएकोले यसलाई सखिया नाच भनिएको थारु अगुवाले बताएका छन्।
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download