२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

थारु भाषाको “आईल दसहरक रौनक” म्युजिक भिडियो सार्वजनिक ।।

image

थारु भाषामा रहेको “आईल दसहरक रौनक” बोलको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । गायक सिमान्त चौधरी, रमेश सिटी र गायिका आशा चौधरीको निकै सुमधुर स्वरमा सजिएको सो भिडियो हमार म्युजिक बगिया युटूब च्यानलबाट सार्वजनिक भएको हो ।


गायक रमेश सिटीकै शब्द तथा संगीत रहेको छ भने निर्देशन हिरा चौधरीको रहेको छ । यस्तै भिडियोलाई छायाँकन लक्ष्मण थारुले गरेका छन् भने एरेन्जीङ्ग गणेश चौधरीले गरेका छन् ।


थारु भाषामा “आईल दसहरक रौनक” म्युजिक भिडियोको पर्दामा थारु कलाकार मोडेल बीर चौधरी, बिरु थारु, कुशल थारु, शारदा थारु, नितिसा थारु र सोम्या चौधरी लगायतले अभिनय गरेका छन् । 


उक्त म्युजिक भिडियो कपिलवस्तुकै रमणीय स्थान कपिलधाम लगायका ठाउँहरुमा छायँकन गरिएको बताईएको छ ।


सो भिडियो स्रोतहरुले निकै नै रुचाइदिने निर्माताले दावी गरेका छन् । र साथै यस भन्दा पहिले गायक सिमान्त चौधरी दर्जनौँ थारु गीतहरु निकालिसकेको उने जानकारी गराए ।


https://www.youtube.com/watch?v=dHs-EWm40Hw&feature=youtu.be&fbclid=IwAR00FT7pTv-MNT49lUEE5fXdRGGokXFwY6GU4_oxVXzGaNAvAmjcKlMGmNo