२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

मखमली

खुसी टिपेर  उसैगरि फुल्न चाहान्थे जसरी विपनाभन्दा टाढा मखमली भिरमा फुलिरहन्थे ।
image

मखमली

खुसी टिपेर 
उसैगरि फुल्न चाहान्थे
जसरी विपनाभन्दा टाढा
मखमली भिरमा फुलिरहन्थे ।

र लोभ्याइरहन्थे मन
सपनाबाट
यथार्थको कुरूक्षेत्रमा

कोपिलाबाट तंग्रिदै
बयस्क बनेको 
सिल्पकारले बनाएको
आकृति

कुदाइमा सु(सज्जित
आकृति चम्किएपनि
फुल्न चाहेन
मनमा कुदिएका
खारेजी चेत
संशोधित सम्बन्धले,

त्यो 
अर्थहीन रोपिएका
बिज
अन्यौलश्रित फक्रिदो, उजाड 
परिवेश, देखेर
भक्कानिए, अक्मक्किए
मखमली फुल ।

पाठशालामा पनि रोपिएका थिए
मखमली
मोहकता भरिएको वा
गुरूबाट भराइएको,

स्वभावतः खस्रो, तिखो 
आफैमा अविजित 

तर
फुङ्ग अनुहारमा 
मधुर खुसी बोकेर आउने
दशै, तिहारमा
मखमली
उपहार तिमीलाई ।


0760528
काठमाडौं