२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

थारु भाषाको ‘झुम्रा’ म्युजिक भिडियो सार्वजनिक ।।

image

गायिका तथा मोडल अञ्जु र राज कुश्मीको ‘झुम्रा’ म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । आर के सी डिजिटल स्टुडियो नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । 

नेपालीहरुको महान पर्व बडादशैं, दिपावली र छठ पर्वलाई लक्षित गरि म्युजिक भिडियोमा तयार पारिएको हो । सो म्युजिक भिडियोमा राज कुश्मी, अञ्जु कुश्मी, देवदास र सुशिला कार्की लगायतको जोडी अभिनयमा रहेको छन्  । शब्द संगीत राज कुश्मीको छ भने राज कुश्मी र अञ्जु कुश्मीले स्वर दिइएका छन् ।

भिडियोको प्रोड्यूसरमा अंशुराम चौधरी रहेका छन् भने क्यामेरा र एडिट रामु चौधरीले गरेका छन् । म्युजिक भिडियोको डाइरेक्सन सुधराम दहितले गरेका छन् । झुम्रा थारु समुदायमा माया र प्रेम र राम्रो सोच विचारलाई ताजै राख्न नाचिने पौराणिक नाच मानिने गरिन्छ । जुन दशैं र अन्य अवसरमा थारु समुदायमा नाचिने गरेको थारु अगुवाहरुले बताउँछन् ।

दशैंको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोले दर्शक तथा श्रोताको राम्रै माया पाउने कलाकारले विश्वास लिएको छन् । थारु गीत संगीत तथा फिल्मी क्षेत्रमा खास गरि पछिल्लो समय थारु कलाकारहरुले पौराणिक गीतबासलाई गीत तथा म्युजिक भिडियोबाट उजागर गरिरहेका छन् । 
 

https://www.youtube.com/watch?v=wdjNdTISFug&list=RDwdjNdTISFug&start_radio=1