२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

सराय नाच पछिल्लो समय तराईका कपिलवस्तुमा हर्ष उल्लासमय ।।

पर्वको अवसरमा चन्द्रौटामा गरिने सराय जात्राले यस क्षेत्रमा बसोबास गर्ने समुदायहरुमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास लिएको दुर्गा मन्दिर संरक्षण समिति अध्यक्ष तारा पौडेल
image

नेपालीहरुको महान पर्वको अवसरमा पहाडी जिल्लाहरुमा खेलिने सराय नाच पछिल्लो समय तराईका कपिलवस्तुमा समेत खेलिन थालिएको छ । जिल्लाको शिवराज नगरपालि–५, चन्द्रौटामा रहेको दुर्गा मन्दिर ब्यबस्थापना समितिको आयोजनामा सराय नाच हर्ष उल्लासका साथ शुक्रबार निकाइएको हो ।

विभिन्न समुदायको वसोवास रहेको कपिलवस्तुमा धर्म संस्कृति जर्गेना गर्नुका साथै सामाजिक सद्भाव र भाईचाराको सम्वन्ध स्थापित गर्न उद्देश्यले विगत १२ बर्ष देखी सराय खेल्दै आइएको छ । विभिन्न समुदायको वसोवास रहेको कपिलवस्तुमा सामाजिक सदभाव र भाईचाराको सम्वन्ध स्थापित गर्नको लागी सराय खेल्न सुरु गरिएको छ । बिभिन्न किसिमका खुडा, बाजा गाजा सहित भजन कृतनका साथ हात हतियार पञ्चेबाजासहित खुकुरी, तरबार र खुडा नचाई एकापसमा जोडिएर ‘बाखै हो’ भन्दै सराय नाच नाच्ने गरिन्छ ।

पहाडी जिल्लाहरुमा खेलिने सराय नाच पछिल्ला केहि वर्ष देखी तराईका जिल्लाहरु पनि खेल्ने गरिन्छ । कपिलवस्तुको चन्द्रौटामा एक दशक देखी विजया दशमीको त्रियादशिको दिन सराय नाच नाच्ने गरेको अगुवाहरु बताउँछन् । विभिन्न जिल्लाबाट बसाइसरी आएकाहरुले चन्द्रौटा क्षेत्रमा पनि पहाडी जिल्लामा जस्तै दशैंको बेला नाच्ने सराय जात्राले धार्मिक सद्भाव कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने गरेको स्थनिय अगुवा सरोज पौडेलले बताए । पर्वको अवसरमा चन्द्रौटामा गरिने सराय जात्राले यस क्षेत्रमा बसोबास गर्ने समुदायहरुमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास लिएको दुर्गा मन्दिर संरक्षण समिति अध्यक्ष तारा पौडेलले बताए ।

दुर्गा मन्दिरबाट निकालिएको सराय चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरमा पुगि त्यहाँबाट फुलपाती लिएर पुनः बजार परिक्रमा गर्दैे जवाई नदीमा फुलपाती सेलाउने र घटस्थापनाको दिन स्थापना गरिएको देवता दुर्गा मन्दिरमा भित्रयाइने विधि पुर्वक सराय नाच सम्पन्न भएको दुर्गा मन्दिर बयबस्थापन समितिका कोषाध्यक्ष नेत्र बेल्बासे बताए ।