२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

अग्नि पिडितलाई प्रदेश सरकारको सहयोग

image

कपिलवस्तु, प्रदेश न ५ सरकारले कपिलवस्तुका अग्नीपिडितलाई सहयोग गरेको छ । सरकारकै योजना अनुसार आगलागी वाट पिडित बनेका नागरिकलाई जस्ता पाता स्वरुप प्रति घर चालिस हजार प्रदान गरेको छ ।

 

जिल्ला प्रशासन मार्फत वितरण गरिएको उक्त रकम सोमवार जिल्लाको शिवराज नगरपालिका को कार्यलयमा एक कार्यक्रमको आयोजना गरि ८ घरपरिवारलाई २ लाख ८५ हजार रकम वितरण गरिएको हो ।

 


गत जेठ शिवराज नगरपालिका ९ शिवगढीको दश नम्वर भन्ने ठाउँमा आगलागी हुदा ८ घर जलेर नष्ट भएका थिए । उक्त घरपरिवाले जस्ता पाताले घर पुननिमार्ण गरेको विवरण पेश गरेपछी प्रदेश सरकारले उक्त रकम वितरण गरेको हो । स्थानिय मेखलाल घर्ति मगरले ४० हजार,संजिव सुनार ४० हजार,बावुराम सुनार ४० हजार,रामलाल वोहोरा ४० हजार,तुल घर्ति २५ हजार,जित वहादुर सुनार ३५ हजार,मिघ सिह घर्ति ३५ हजार र ईन्दा घर्तिलाई ३० हजारको चेक हस्तानतरण गरिएको छ ।

 


उक्त चेक हस्तानरण गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विपदको समयमा घरवार विहिन भएका नागरिकलाई थोरै भएपनि मलम लगाउने हेतु प्रदेशको योजना अनुसार उक्त रकम प्रदान गरेको वताउनुभयो । अन्य क्षेत्रका अग्नीपिडितहरुलाई पनि सहयोग प्रदान गर्ने उहाले जनाउनुभएको छ ।