२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

कपिलस्तुमा छैठोँ चन्द्रौटा महोत्सव पौष १४ गते देखि सञ्चालन हुने ।।

image

कपिलवस्तु, कपिलवस्तुमा छैठो चन्द्रौटा औद्योगिक ब्यापार मेला तथा कृषि प्रर्यटन महोत्सव २०७६ सञ्चालन हुने भएको छ । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा चन्द्रौटा उद्योग बाणिज्य संघले अगामी पौष १४ गते देखि २६ गते सम्म महोत्सव सञ्चालन गर्न लागेको आयोजकले बताएको छ ।

 

सोमबार चद्रौटाको हिलटन होटलमा पत्रकार सम्मेलन गर्दै महोत्सवले कपिलवस्तुको अर्थिक विकासमा टेवा पु¥याउने चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमसेद अलि मियाले बताए ।  

 

महोत्सव सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लिखित स्विकृती आयोजकले जनाएको छ । महोत्सवमा तिन सय बढि स्टल राखिने छन् । स्थानीय कृषि उत्पादनका सामाग्री स्टलमा राखिने छन् । टिकट शुल्क ४० र ५० रुपैयाँ रहेको छ । विद्यार्थीहरुको हकमा ४० रुपैयाँमा टिकट रहेको छ । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकाहरुको बेजोड प्रस्तुति रहने समेत बताईएको छ । 

 

उक्त पत्रकार सम्मेलन कार्यक्रममा संघका अध्यक्ष जमसेद अलि मिया, वरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डेय, उपाध्यक्ष लक्ष्मण भण्डारी, महासचिव नारायण भाट क्षेत्री लगायत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।