२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

ईट्टा भट्टाका बालबालिका शिक्षित बन्दै ।।

बेटर ब्रिक नेपाल कार्यक्रमका संयोजक दुर्गा आर्यालले ईट्टा भट्टामा शिक्षा पुगेको बताए ।
image

कपिलवस्तु ।

उत्तरदायी उत्पादन र उपभोग विषयक सञ्चार प्रतिनिधीसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं.८, बोर्डगाउँमा सञ्चार प्रतिनिधीसँग छलफल कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

सो छलफल कार्यक्रममा बेटर ब्रिक नेपाल कार्यक्रमका संयोजक दुर्गा आर्यालले ईट्टा भट्टामा शिक्षा पुगेको बताए । बिशेष गरी ईट्टा भट्टाका उद्योगमा बाल श्रम शोषण अन्त्यका लागि बर्षौ देखि काम गर्दै आएको बेटर ब्रिक नेपालले कपिलवस्तुका सक्रिय पत्रकारहरुसँग छलफल गरेको हो ।

ईट्टा भट्टा भन्ने वित्तिकै धेरैले अनपद, कामजोर व्यक्तिले काम गर्ने स्थानको रुपमा लिएको पाईन्छ । हाम्रो समाजमा ईट्टा भट्टामा रहेका मजदुर र बालबालिकालाई हेर्ने नजर राम्रो छैन । समय अनुसार हरेक क्षेत्र परिर्वतन हुँदै गएपनि ईट्टा भट्टा परिर्वतन हुन सकेको थिएन तर पछिल्लो समय इट्टा भट्टामा रहेका नागरिकहरुको जिवन शैली फेरिएको संयोजक आर्यालले बताए ।

ईट्टा भट्टामा अब अनपढ र निरक्षर होइन सबैले शिक्षित बर्गले काम गर्ने गरेको पाइएको छ । पछिल्लो केही बर्ष यता ईट्टा भट्टामा शिक्षित मजदुर र उनका बालबालिका समेत पढन थालेका छन् । बेटर ब्रिक नेपालले विभिन्न जिल्लामा रहेका ईट्टा भट्टाका बालबालिकालाई पढने अवसर जुटाएको संयोजक अर्यालले जानकारी दिए ।

रुपन्देही र कपिलवस्तुका बिभिन्न १४ वटा ईट्टा भट्टाका उद्योगमा कार्यरत मजुदरका बालबालिकालाई शिक्षा प्रदान गर्ने काम भई रहेको कार्यक्रम संयोजक अर्यालले बताए । कार्यक्रम लागु भएपछि हालसम्म ३ हजार बढि बालबालिकालाई घर घरमा शिक्षा भन्दै उद्योग भित्र नै पठनपाठनको ब्यवस्था मिलाएको बेटर ब्रिक नेपालले जनाएको छ ।

साथै अहिले पनि बिभिन्न उद्योगका ८ सय ९५ जना बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन भइ रहेको बेटर ब्रिक नेपालका सहजकर्ता दिबास घिमिरेले जनाए । बरिष्ठ सहजकर्ता कमल चौधरीले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका १ दर्जन सहभागि पत्रकारहरुलाई झोला, माक्स र सेनिटाइजर समेत वितरण गरिएको थियो ।