२०८१ बैशाख २४ सोमबार Monday, May 06

ताजा अपडेट :

पिडित परिवारमा मलम लगाउँदै मनकारी वडा अध्यक्ष सापकोटा ।।

image

कपिलवस्तु, 

समुदायमा आम नागरिकसँग प्रतिवद्धता गरेर निर्वाचित भएका जनप्रतिनिधिहरु आफ्नै स्वार्थमा लिप्त भएको घटनाहरु आइरहन्छन् । नागरिकसँग गरेका बाचालाई निर्वाचित भइसकेको पछि भुल्ने गरेका छन् । तर कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का मनकारी वडा अध्यक्ष टेकलाल सापकोटाले भने निरन्तर नागरिकहरुको दुखेको घाउमा मलम लगाएका छन् । उनले सरकारले दिइएको सेवा सुविधा कटौटी गरि आम नागरिकहरुमा लगानी गर्दै आएका छन् । केहि दिन अघि मात्र शिवराज नगरपालिका ३ सुनवर्षीका मटेलु रैदासको उपचारका क्रममा निधन भएको बताईएको छ ।

दैनिक मजदुरी गरेर जिविको पार्जन गर्ने रैदास परिवारलाई अहिले काजकिरिया गर्नको लागि समेत रकम नहुँदा समस्यामा परेको बुझिएको छ । श्रीमानको मृत्यु र छोरा अशक्त हुँदा बेसहारा बनेका पीडित परिवारलाई वडा अध्यक्ष सापकोटाले राहत उपलब्ध गराएको उनले जनाए । विपन्न परिवारलाई कसैको साहारा नभएपछि वडा अध्यक्षले शुक्रबार पिडित परिवारको घरमै पुगेर नगद १० हजार १ सय रकम सहयोग गरेका हुन् । मजदूरी गरी जीविकोपार्जन गर्दै आएका अति विपन्न परिवारमा कमाउने मान्छे नै नभएपछि परिवार बिचल्लीमा परेका हुन् ।

रिक्सा चलाएर जिविको पार्जन गर्दै आएका रैदास परिवारलाई वडा अध्यक्ष सहयोग गरेपछि खुसि मोहन रैदासले बताए । पिडित परिवारलाई राहत पुग्ने उद्देश्यले सहयोग गरेको वडा अध्यक्ष सापकोटाले जनाए । आफूले व्यक्तिगत रुपमा पिडित परिवारलाई सहयोग गरेको उनले जनाए । वडा अध्यक्ष सापकोटाले समस्यामा परेका नगर तथा वडाका नागरिकहरुलाई आर्थिक सहयोग देखि अन्य काममा पनि सहयोग गर्दै आएको उनले जानकारी दिए ।