नेपाल दुर्लभ रक्त समुदाय चितवनको अध्यक्षमा राजमणी
NRBC
चितवन, १७ असोज (२०८३) — नेपाल दुर्लभ रक्त समुदाय चितवनको १६ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशन चितवनको ग्रीन ह्याम्लेट पार्टी प्यालेसमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहबाट राजमणी नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ।
प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनकी प्रमुख सुमित्रा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा नेपाल दुर्लभ रक्त समुदायका केन्द्रीय तदर्थ समितिका अध्यक्ष पुष्प राज शर्मा विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा बोल्दै अतिथिहरूले दुर्लभ रगत समूहका बिरामीहरूको जीवन रक्षाका लागि संस्थाले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।
अधिवेशनबाट गठित नयाँ कार्यसमिति निम्नानुसार रहेको छ:
* अध्यक्ष: राजमणी नेपाल
* उपाध्यक्ष: विजय अधिकारी
* सचिव: दिपेन्द्र पौडेल
* कोषाध्यक्ष: आमोध सुवेदी
* सह-सचिव: कृष्टि सापकोटा
सदस्यहरू:
रामचन्द्र हुमागाई, प्रमिला देवी पाण्डे, गोविन्द पराजुली, यशोधा शर्मा, मदन कट्टेल, सविता पौडेल, बिमला मिश्र र हरि भण्डारी।
नवनिर्वाचित कार्यसमितिले दुर्लभ रगतको आवश्यकता परेका बिरामीहरूलाई सहज रूपमा सेवा पुर्याउने र साङ्गठनिक सुदृढीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा संस्थाका सदस्य, नियमित रक्तदाता तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।