Tuesday, October 06

Latest Update :

कैलालीमा १५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

image

धनगढी,१९ असोज

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीका एक जना पक्राउ परेका छन्। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका ८ दिपनगर बस्ने ३४ वर्षीय युबराज आचार्य पक्राउ परेका हुन्। आचार्यलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।