Wednesday, October 14

Latest Update :

धनगढीमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको नवनिर्मित भवनको गृह प्रवेश सम्पन्न

image

धनगढी, २६ असोज 

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय धनगढीको नवनिर्मित भवनको गृह प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार भव्यताका साथ सम्पन्न भएको छ।  

नवरात्रीको पावन अवसरमा धनगढीको बसपार्क पछाडि रहेको ओम शान्ति टोलस्थित नवनिर्मित भवनमा आयोजित उक्त कार्यक्रम संस्थाकी प्रमुख सञ्चालिका हिरा दिदीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला राना प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख रानाले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले समाजमा शान्ति, भातृत्व, आध्यात्मिक चेतना र सकारात्मक सोच अभिवृद्धि गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

 

गृह प्रवेश तथा बडादशैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पूर्व राज्यमन्त्री टेकबहादुर रैका, अधिवक्ता वीरबहादुर जेठारा, पत्रकार हेमन्त पौडेल, समाजसेवी मदनराज पाण्डे, स्थानीय बासिन्दा मेघा भट्ट, रघुनाथ पाठक तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय टिकापुरकी प्रमुख सीता दिदी लगायतका वक्ताहरूले नयाँ भवन निर्माणले आध्यात्मिक साधना तथा सामाजिक सेवाका गतिविधिहरू सञ्चालन गर्न थप सहज हुने विश्वास व्यक्त गर्नुभयो।  कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी, समाजसेविका साथै श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो।