२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

सोलुखुम्बुको गोली केन्द्रविन्दु भएर भूकम्पको धक्का

image

सोलुखुम्बु, सोलुखुम्बुको लिखुपिके गाउँपालिका २ गोली केन्द्र विन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ७ मिनेट जाँदा गोली केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

एका विहानै गएको भूकम्पले गोलीबासीमा खैलाबैला मच्चिएको थियो । भूकम्पबाट कुनै धनजनको क्षति भने नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिनुभयो ।