२०८१ जेठ ४ शुक्रबार Friday, May 17

ताजा अपडेट :

दलित भनेर कुटपिट गर्नेलाई कार्वाही हुने

image

सोलुखुम्बु, दलित भएर घरभित्र पसेको भन्दै कुटपिट गर्ने ओखलढुगांको सिद्धिचरण नगरपालिकाका कुमार मगरलाई कारबाही हुने भएको छ । गत सोमबार मगरले दलित भएर पनि आफ्नो घरभित्र छिरेको भन्दै मईते विश्वकर्मालाई निर्घाट कुटपिट गरेका थिए ।

 

ओखलढुगांका प्रहरी प्रमुख डिएसपि पुष्पराज मल्लले मगरलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले २१ सौ शताब्दीमा पनि जातिय विभेद जस्तो जगन्य अपराध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याईने बताउनुभएको छ ।

 

पीडित पक्षले हिजो जिल्ला प्रहरी कार्यालय ओखलढुगांमा जाहेरी दिएका छन् । कुटपिट गर्ने कुमार मगर भने फरार भएका स्थानीयले बताएका छन् । कानुनमा जातिय छुवाछुत गर्नेलाई जातिय छुवाछुत कसुर ऐन अन्र्तगत तीन महिना देखि ३ बर्ष सम्म कैद सजाय र ५० हजार रुपैयाँ देखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।