Tuesday, October 13

Latest Update :

सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि बजेटमा एक करोड

image

धनगढी,२५ असोज

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानीको गुरुयोजना तथा संरचना निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राजधानीको गुरुयोजना तथा संरचना निर्माणका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्। कैलालीको गोदावरीमा प्रदेशको स्थायी राजधानी घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन। राजधानी निर्माणका लागि आवश्यक जग्गासमेत प्राप्त हुन सकेको छैन।

Latest Update