Sunday, October 18

Latest Update :

३ हजार खर्चेर किनमेल गरेकी सन्तमायाले जितिन् १० लाख

image

काठमाडौं ,१ कात्तिक 

करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (१६-३१) पुरस्कार घोषणा गरिएको छ । आइतबार काठमार्डौंको न्यरोडस्थित विशाल बजार परिसरबाट असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो । दोस्रो पाक्षिकको पुरस्कार अन्तर्गत १० लाखको पुरस्कार एसएस फेन्सी हाउसबाट तीन हजारको सामान खरिद गर्ने ग्राहक नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् ।

 

पुरस्कार विजेतालाई कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले फोन गरेर पुरस्कार जितेको जानकारी गराए । त्यस्तै १६ जनाले एक लाख रूपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका अधिकारीहरुको उपस्थीति रहेको थियो ।