बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। त्रिवेणी नगरपालिका–६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरमा आगलागी भएको हो। आगलागीबाट नन्दुको घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट घरमा राखिएका अन्नपात, लत्ताकपडा र धनमाल जलेर नष्ट भएको नेपालीले बताए। यस्तै, बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरको भान्सामा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भान्सामा राखिएका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएका छन्। दुवै घटनामा भएको क्षतिको विस्तृत विवरण र आगलागीको कारणबारे थप जानकारी प्राप्त हुन बाँकी छ।