Tuesday, November 10

Latest Update :

पर्सामा पटाकासँग खेल्दा पाँच वर्षीय बालकको मृत्यु

image

जनकपुरधाम ,२३ कार्तिक

पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँचवर्षीय बालकको मृत्यु भएको छ । पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।

 

सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो । उनी गम्भीर रूपमा जलेर बेहोस भएका थिए । तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले बताए । डिएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।