• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

कारको ठक्करबाट घाइते वृद्धाको मृत्यु

Fm Radio Link

सप्तरी - कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । उहाँको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस