• २०८१ बैशाख १५ शनिबार / Saturday, April 27

वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि कार्तिक २१ गते देखि आईपीओ  निष्कासन गर्दै हिमालयन रि

Fm Radio Link

काठमाडौं, प्रति साधारण शेयर अंकित मूल्य रु.१०० मा प्रिमियम बापत रु. १०६ थप गरी प्रति शेयर रु.२०६ मा हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि  कार्तिक २१ गते देखि आईपीओ  निष्कासन गर्दै छ भने निकट भविष्यमा सर्वसाधारणलाई निष्कासन  गर्ने छ ।

 

कम्पनीको आह्वानपत्रलाई आधारमान्दा अम्बर प्रोभेष्टमेन्ट प्रा.लि.को नाममा ६७ लाख ८५ हजार कित्ता शेयर स्वामित्व रहेको छ। त्यस्तै सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको ५० लाख कित्ता, अर्को सरकारी लगानी भएको बैंक नेपाल बैंकको पनि ५० लाख कित्ता शेयर स्वामित्व रहेको छ ।

 

इन्फिनीटी होल्डिङ्गस् प्रा.लि.को नाममा ४५ लाख कित्ता, जगदम्बा मोटर्स प्रा.लिको नाममा ३२ लाख कित्ता शेयर स्वामित्व रहेको छ । व्यक्तिगत तर्फ  विकास दुगडको नाममा २२ लाख कित्ता शेयर स्वामित्व रहेको छ ।

 

ईन्जिनियरिङ्गमा स्नातक गरेका दुगड के एल दुगड ग्रुप, नेपालमा प्रबन्ध संचालकमा कार्यरत छन् । जगदम्बा स्टिलस् प्रा.लिको २२ लाख कित्ता, साफ्रोन सि.के. इनभेष्टमेन्ट प्रा.लि. र हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिको नाममा समान २० लाख कित्ता, आर.एम.सी. कन्ष्ट्रक्सन एण्ड इनभेष्टमेन्ट प्रा.लिको नाममा १५  लाख कित्ता शेयर स्वामित्व रहेको छ ।

प्रतिकृया दिनुहोस