• २०८१ बैशाख २६ बुधबार / Wednesday, May 08

बहुभाषिक कवि सम्मेलन नेपाल–भारत मैत्री मुशायरा भुटाहा मा हुने 

७ लाख ५१ हजार रुपैयाँ खर्च हुने

Fm Radio Link

इनरुवा,  सुनसरीमा पहिलो पटक नेपाल–भारत मैत्री मुशायरा हुने भएको छ । हरिनगर गाउँपालिकामा रहेका संघसंस्था, सहकारीहरु, निजी स्कुलहरुको आयोजना तथा एलाइन्स नेपालको संयोजनमा मंसिर २ गते बेलुका ४ बजे देखि बिहान ४ बजेसम्म हुने आयोजकले जनाएको छ ।  

 


भुटाहा १ स्थित श्री बाल कृष्ण माविको खेल मैदानमा हुने मुशायरामा करिब ७ लाख ५१ हजार रुपैयाँ खर्च हुनेछ । स्थानियहरुलाई अवसर दिनुकासाथै स्थानीय ठाउँको पहिचानका लागि मुशायरा गर्न लागेकोले स्थानीय प्रतिभाको पहिचान हुने एलाईन्स नेपालका अध्यक्ष अन्सारीले बताए । आइतबार हरिनगर गाउँपालिकाको भुटाहामा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत मैत्री मुशायरा आयोजक एलाईन्स नेपालका अध्यक्ष नईम अन्सारीले पहिलो पटक नेपाल भारत मैत्री मुशायराको तयारी भइरहेको जानकारी दिएका छन् । 

 

 

स्थानीय भाषा, साहित्य र साँस्कृतिक प्रवद्र्धनका लागि बहुभाषिक कवि सम्मेलन २०७५ गर्न लागेको एलाईन्स नेपाल संस्थाका महासचिव सुशील ठाकुरले बताए । सुनसरीको १२ वटा स्थानीय तह तथा भारतको बिहारका मुखियाहरुलाई पनि सहभागी गराउने आयोजकले जनाएको छ । कार्यक्रममा दस हजार भन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस