• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

झापाको बिएण्डसी अस्पतालले छिनेको हात जोडन सफल 

मण्डलको डा. निराजन पराजुली र डा.इसात खानको टोलीले गरे उपचार

Fm Radio Link

बिर्तामोड,   झापा विर्तामोडको बि एण्ड सी अस्पतालमा ९० प्रतिशत छिनेको अवस्थामा रहेको हातको सफल सल्यक्रिया गरी जोडिएको छ ।

 

इटहरीका प्रविन मण्डलको हात शल्यक्रिया गरी जोडिएको पत्रकार सम्मेलनमा बि एण्ड सी अस्पतालले जानकारी गराएको हो । गएको असोज २२ गते इटहरीको एक प्लाष्टिक फ्याक्ट्रीमा मेसिन सफा गर्ने क्रममा अचानक मेसिनले चल्दा मण्डलको हात काटिएको थियो ।

 

 

अस्पताल आउँदा मण्डलको हातको हड्डी र नशा छिनेको थोरै र छालाले मात्र हात अडिएको अवस्थामा रहेको वि एण्ड सी डा.निराजन पराजुलीले बताए । उनका अनुसार विरामीलाई १ घण्टा ढिलो ल्याएको भए हात काटेर फाल्नु पर्ने हुन्थ्यो । डा. पराजुलीले भने अस्पतालमा उच्च स्तरीय प्रविधि भएका कारण मात्र हात जोड्न सम्भवन भएको हो ।

 

 

मण्डलको डा. निराजन पराजुली र डा.इसात खानको टोलीले उपचार गरेको थियो । ३५ वर्षीय मण्डल सो फ्याक्ट्रीमा मजदुरका रुपमा कार्यरत भएको बताइएको छ । मेसिनले हात काटिएपछि विपी कोइराला अध्ययन प्रतिष्ठान धरान लगिएको थियो । उपचार सम्भव नभएपछि बि एण्ड सी अस्पताल विर्तामोड ल्याएको परिवारले जनाएको छ ।

 

 

आफ्नो हात जोडिदिने डाक्टर स्वयम भगवान भएको प्रविन मण्डलले बताए । उनले भने मेरो औलाहरु अलि अलि चल्न थालेको छ, अब केही महिना भित्रै हातले काम गर्न सक्छ । आफ्नो छोराको गुमेको हात फकाईदिएकोमा बुबा गंगा मण्डलले वि एण्ड सी अस्पताललाई धन्यवाद दिएका थिए ।

 

 

अस्पतालमा गएकोे ४ महिनामा जटिल प्रकारका ७ वटा केसहरुको उपचार सम्पन्न गरिएको अस्पतालका सन्चालक दुर्गा प्रसाईको भनाई छ

प्रतिकृया दिनुहोस