• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

अख्तियारको सक्रियतामा ३९ ट्र्याक्टर नियन्त्रणमा

३९ वटा ट्र्याक्टर नियन्त्रणमा

Fm Radio Link

बाँके,  राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ ।

 

 
राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिनुभयो । आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिनुभयो । 

 



अख्तियारले सक्रियता देखाएको भए पनि कारवाहीका लागि प्रहरीको कार्यक्षेत्रमा पर्ने जानकारी दिँदै सूचना अधिकारी शर्माले अनुसन्धानका क्रममा जिससको संलग्नता पाइए भ्रष्टाचारको मुद्दा चलाइने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बालुवा भरिरहेका ट्र्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । नियन्त्रण गरिएका ट्र्याक्टर जीर्ण सडकका कारण बीच बाटोमै फसेकाले सदरमुकाम ल्याउन कठिनाइ भएको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस