• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

दर्शक नपाएपछि सुनसरीको कमल टाकिज सिनेमाहल बन्द,

खर्च धान्ननै मुस्किल

Fm Radio Link

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा रहेको एक मात्रै सिनेमाहल कमल टाकिज दर्शक नपाएपछि बन्द भएको छ । सिनेमाहल इनरुवाका स्थानिय युवाहरुले सञ्चालन गर्दै आएका थिए ।

 

 

मासिक ६० हजार भाडा बुझाउने गरी हल संचालन गर्दै आएका थियौं दर्शक नै भएनन्  खर्च धान्न सकेनौ संचालक मध्येका केशव वस्ती भन्छन् । जस्तो त्यस्तो फिलिम चल्दै चल्दैन् । पछिल्लो समय आश गरिएका फिलिम फ्लप हुँदा र आशातित रुपमा नचल्दा दर्शकनै पाउन मुस्किल भयो । खर्च धान्ननै मुस्किल भएपछि तत्कालका लागि हल बन्द गर्ने निर्णय गरिएको हो  । 

 


पूनः संचालनमा ल्याउने वा नल्याउने भन्ने विषय भने यकिन भैनसकेको उनले बताए । दर्शक अभावलाई कारण देखाएर हल बन्द गरिएको बताएपनि संचालकबिचको मनमुटावको कारण हल बन्द हुन पुगेको बुझिएको छ । हुन पनि सुचना र प्रविधीको विकासक्रमसँगै पछिल्लो समय स्थानिय स्तरमा सिनेमा हेर्न हल पुग्ने दर्शकमा क्रमशः कमी आउँदो छ । 
 

प्रतिकृया दिनुहोस