• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

नेविसंघले गाडीमा आगो लगाएको होइन् : केन्द्रिय सदस्य ढकाल

Fm Radio Link

पोखरा,  नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शनिबार देशभर सरकारी गाडी चल्न दिएन । सरकार सवारी साधनको बढ्दो दुरुपयोगको विरुद्धमा नेवि संघले शनिबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएको हो । केही ठाउँमा केही सरकारी गाडी नियन्त्रणमा लियो भने केही गाडीमा तोडफोड र आगजनी भयो । नेविसंघले गाडी जलाएसँगै यो विषयलाई लिएर यतिबेला सर्वत्र आलोचना भैरहेको छ । पोखरामा पनि पोखरा महानगरले सञ्चालन गरेको एउटा गाडीमा आगजनी भयो । तर नेवि संघले भने आफुहरुले त्यस्तो कुनै अप्रिय घटना आफुहरुले नघटाएको दाबी गरेको छ । यसैविषयमा रहेर नेवि संघका केन्द्रिय सदस्य भानु ढकालसँग गरेको कुराकानी यसप्रकार रहेको छ ।

 


१. शनिबार पोखरामा गाडीमा भएको आगजनीको विषयमा के भन्नुहुन्छ ?

 

-सराकारी सवारी साधनको दुरुपयोग बढेकोले नेवि संघले सार्वजनिक विदाको दिन सरकारी गाडी सञ्चालनमा रोक लगाएको हो । शनिबार नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानीमा राखेको थियो । त्यही समयमा सरकारी सम्पतीको दुरुपयोग भएकोले आक्रोशित व्यक्तिहरुले ढुङ्गा प्रहार गर्दा गाडीको फलाममा ढुङ्गा ठाकिएर आगो लागेको हो ।

 


२. आगो नेवि संघ लगाएको हो भनेर नेवि संघले घटनाको जिम्मेवारी लियो भन्ने समाचार आयो, के घटनाको नैतिक जिम्मेवारी नेवि संघले लिन्छ ?

 

-सरकारी कोषको दोहन भैहेकोले त्यसलाई रोक्न नेवि संघ आन्दोलित भएको हो । तर नेवि संघले शान्तिपूर्ण आन्दोलन गरेको हो । केही ठाउँमा सरकारी गाडी दुरुपयोग भएको पाइएकोले तिनिहरुलाई नियन्त्रणमा लिएको छ । आन्दोलनको जिम्मेवारी नेवि संघले लिन्छ तर आगो लगाएको होइन् त्यसैले आगलागीको नैतिक जिम्मेवारी नेवि संघले लिदैन ।

 


३. तर बाहिर आगो पनि नेवि संघले लगाएको हो र त्यो गलत भएको भन्दै जनताले विरोध गरिरहेका छन् ।

 

-सरकारी सम्पतीको दुरुपयोग भएकोले आक्रोशित जनताको भिडले हानेको ढुङ्गा गाडीको फलाममा ठोकिएर आगो लागेको हो । नेवि संघका कार्यकर्ताले होइन् । नेवि संघ शान्तिपूर्ण आन्दोलनमा छ । पहिले जनआन्दोलनमा अहिलेको सत्तापक्ष भनिने पार्टीहरु निकै कडा रुपमा प्रस्तुत भएको थियो । त्यहि समयमा गिरीजाप्रसाद कोइराला लगायतका काँग्रेस नेताले नै उहाँहरुलाई शान्ति वार्तामा ल्याउनु भयो र अहिले सत्तापक्ष हुनुभाको छ । सरकार विरोधी आन्दोलन नेवि संघले जारी राख्छ तर नेवि संघ उश्रृङ्खल हुन जानेको छैन् ।

 


४. शनिबारको यहाँहरुको विरोध कार्यक्रम पछि के आशा गर्नु भएको छ ?

 

-हाम्रो कार्यक्रमले सरकारको ध्यानाकर्षण भएको हामीलाई विश्वास छ । हाम्रो आन्दोलनकै कारण आगामी दिन सरकारले सरकारी सम्पतीको दुरुपयोग हुन दिदैँन र भएको खण्डमा दोषीलाई कारवाहीको दायरमा ल्याउँछ भन्नेमा हामीलाई पूरा विश्वास छ ।

 


५. आगमी दिनमा कसरी जाने सोच नेवि संघले बनाएको छ ?

 

-मैले अघि नै भनि सके । सरकार विरोधी आन्दोलन नेवि संघले जारी राख्छ तर नेवि संघ उश्रृङ्खल हुन जानेको छैन् । सरकरले गर्ने हरेक गलत कदम विरुद्ध संघ उभिन्छ । सरकारलाई उक्त गलत कदम सच्चाउन सरकारलाई दबाब दिनको लागि आन्दोलन गर्छ तर शान्तिपूर्ण रुपमा । आगामी दिनमा संघ शान्तिपूर्ण रुपमा आन्दोलनको कार्यक्रम गर्दै अघि बढ्ने छ ।

प्रतिकृया दिनुहोस