• २०८१ बैशाख १६ आइतबार / Sunday, April 28

दुर्गम क्षेत्रमा चामल विक्री, डेढ करोडको ठग

Fm Radio Link

काठमाडौं,

खाद्य संस्थानले मुलुकका कर्णाली र दुर्गम क्षेत्रमा चामल विक्री गर्दा बोराको समेत शुल्क असुल्ने गरेको पाइएको छ । जिल्लाबाट धान खरिद गर्दा, मिलबाट कुटानी गरेर चामल लिंदा र जापानी अनुदानको चामलमा आउने बोरा संस्थानले सित्तैमा प्राप्त गर्छ तर त्यही बोरा बेचेर संस्थानले कर्णाली र दुर्गमका जनताबाट बर्सेनि डेढ करोड रुपैंयाँ भन्दा बढी असुल्दै आएको हो ।

 


संस्थानले काठमाडौं उपत्यकामा चामल विक्री गर्दा बोराको शुल्क लिंदैन । दुर्गमका जनताबाट भने प्रतिबोरा थप २० रुपैंयाँ अशुल्दै आएको हो । संस्थानका प्रबक्ता शंकर सापकोटाका अनुसार उपत्यकाबाहेक दुर्गम जिल्लामा बार्षिक १ लाख ४० हजारदेखि २ लाख क्विन्टल चामल विक्री हुन्छ ।


एउटा बोरामा २० किलो चामलको हिसाबमा बार्षिक आठ लाख बोरा चामल विक्री हुन्छ । जसअनुसार बार्षिक १ करोड ६० लाख रुपैंयाँभन्दा बढी असुल्दै आएको संस्थानका अधिकारीहरु बताउँछन् ।

- कान्तिपुर दैनिकबाट

 


 

प्रतिकृया दिनुहोस