• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

सडक छैन, जनप्रतिनिधिलाई गाडी किन्न हतारो

Fm Radio Link

खाँदबारी,

संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म ७ किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । साथै चार वटा मोटरसाइकल किनेको छ ।

 


‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका केन्द्रसम्म पनि गाडी जान सक्ने अवस्था छैन,’ भोटखोला, ३ का वाङदावी भोटेले भने, ‘तर, जनप्रतिनिधिले गाउँपालिकालाई आर्थिक बोझ थोपरेर गाडी र मोटरसाइकल खरिद गरेका छन् । सडक नभएको ठाउँमा कहाँ कुदाउन गाडी चाहिएको हो भन्ने स्पष्ट पार्न सकका छैनन् ।

 


हिउँदका केही महिना मात्र चल्ने सडक भएको ठाउँमा गाडी खरिद गर्न जनप्रतिनिधिले हतारो गरेको उनको भनाई छ । ‘सुविधाभोगी भएर जनप्रतिनिधिले गाडी किन्दा खर्च बढिरहेको छ,’ उनले भने, ‘गाउँमा राम्रो गोरेटो पनि नहुँदा सर्वसाधारण भने अप्ठेरो ठाउँबाट जोखिम मोलेर हिड्न बाध्य छन् ।’ यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

 


 

प्रतिकृया दिनुहोस