• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

नेपालको आफ्नै भू-उपग्रह

Fm Radio Link

काठमाडौं,

नेपालको पहिलो भू-उपग्रह निर्माण सम्पन्न भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ नाम दिइएको भू – उपग्रह निर्माण सम्पन्न भएको जानाकारी दिएको हो ।

 


जापानमा रहेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनीलबाबु श्रेष्ठले भू- उपग्रह तयार भएको जनाएका छन् ।

 


‘आज क्यूटेक र वड्र्स प्रोजेक्ट पदाधिकारीको उपस्थितिमा उपग्रह निर्माण कार्य सम्पन्न भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । यो दिन हाम्रा लागि ऐतिहासिक दिन हो ।’ शुक्रबार नै क्युटेकका अध्यक्ष यूजी ओईएले उपकुलपति श्रेष्ठलाई भू- उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए ।

 


 

प्रतिकृया दिनुहोस