म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश
एजेन्सी,
मिडफिल्डर पल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले एफए कप अन्तर्गत सोमबारको खेलमा चेल्सीलाई २–० ले पराजित गरेको छ । पराजितसँगै युनाइटेड प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रीजमा पोग्बाले एक गोल र एक असिस्ट प्रदान गरे । खेलको ३१ हौं मिनेटमा पोग्बाको क्रसमा आन्देर हरेराले गोल गर्दै युनाइटेडलाई अगाडी बढाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा मार्कस रासफर्डको क्रसमा पोग्बाले हेडर गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । घरेलु टोली चेल्सीले खेलको सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु परेको हो ।
इडेन हाजार्ड, गोन्जालो हिगुआइन लगायतले गोल गर्न नसक्दा प्रशिक्षक मौरिजियो सार्रीमाथि दवाव बढेको छ । युनाइटेडले अब क्वाटरफाइनलमा वल्भसको सामना गर्नेछ । यता चेल्सी भने खराब लयबाट गुज्रिरहेको छ । चेल्सीले पछिल्ला १० खेलमध्य ५ जित र ५ हार बेहोरेको छ ।
प्रतिकृया दिनुहोस5>