• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

तरकारी बिक्री नभएपछि बारीमा ट्रयाक्टर जोतेर नष्ट

Fm Radio Link

धादिङ,

बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा उपभोक्ताले किनिरहेका छन् । तर, बिचौलियाहरुले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका हुन् ।


बजार मूल्यभन्दा अति कम मुल्यमा पनि तरकारी बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको कुरा उल्टो खर्च थपेर बिक्री गुर्नपर्ने अवस्था आएको किसानहरु बताउछन ।


अर्को सिजनको खेती गर्ने बेला भइसक्दा पनि तरकारी बिक्री नभएकाले काटेर बारीमा जोतिदिएको उनीहरुले बताएका छन् । ‘हजारौँ रुपैयाँ खर्च र महिनौ पसिना बगाएर गरेको खेती बिक्री गर्दा लगानी नउठ्ने अवस्था आयो,’ स्थानीय जुनामाया विसरालले भनिन्, ‘बेच्नका लागि ढु्वानी भाडासमेत आफैँ हाल्नुपर्ने भयो । बेचेर लगानी नउठ्ने भएपछि बरु अर्को सिजनको खेती गर्दा मल होस् भनेर ट्रयाक्टर लगाएर जोतियो ।’ 



 

प्रतिकृया दिनुहोस