• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

ग्लोबल वार्मिङ्ग शब्दकाे जन्मदाता वैज्ञानिक ‘हजुरबा’को मृत्यु

Fm Radio Link

न्युयोर्क,

ग्लोबल वार्मिङ शब्दको जन्मदाता जलवायु वैज्ञानिक वालेस स्मिथ ब्रोकरको निधन भएको छ ।  ८७ वर्षीय ब्रोकर कोलम्बीया विश्वविद्यालयका प्रोफेसर तथा अनुसन्धानकर्ता थिए । विश्वविद्यालयका प्रवक्ताले बताए अनुुसार उनको निधन न्यूयोर्क सिटी अस्पतालमा भएको हो ।

 


वैज्ञानिक ब्रोकरले सन १९७५ मा आफ्नो एक अनुसन्धान पत्रमा ग्लोबल वार्मिङ्ग शब्दको जन्म दिदैं सटिक भविष्यवाणी गरेका थिए । उनले अनुसन्धान पछि भनेका थिए । वायुमण्डलमा कार्बनडाइअक्साईडको स्तर बढ्दै जाँदा ग्लोबल वार्मिङग बढ्नेछ ।

 


वैज्ञानिक ब्रोकरको जन्म सन १९३१ मा शिकागोमा भएको थियो । उनी सन १९५९ देखि कोलम्बीया विश्वविद्यालयसँग आबद्ध भएका थिए । उनी जल एवम पोषक तत्वको सम्बन्धी महासागर क्न्वेयर बेल्ट पत्ता लगाउने पहिलो वैज्ञानिक थिए । उनलाई जलवायु विज्ञानको ‘हजुरबा’ पनि भन्ने गरिन्छ ।

 


 

प्रतिकृया दिनुहोस