• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

राष्ट्रिय स्वार्थलाई माथि राख्न ओलीको आग्रह

Fm Radio Link

काठमाडौँ,

 प्रधानमन्त्री केपी शर्मा ओलीले दलीयभन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्न सबैमा आग्रह गरेका छन् । 

 


राष्ट्रिय प्रजातन्त्र पार्टीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण जनान्दोलन र राष्ट्रिय आवश्यकताबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धितर्फ लान सबैको भूमिका आवश्यक रहेकामा जोड दिएका हुन् । 

 


प्रधानमन्त्री ओलीसमक्ष राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थासहित सबै दल अटाउने गोलमेच सम्मेलन गर्न र हिन्दू राष्ट्र स्थापनालगायत २२ बुँदे माग पेश गरेका थिए । राप्रपाले आज सबै प्रदेश र जिल्लामा सो मागपत्र बुझाउने कार्यक्रम तय गरेको थियो । 

 


 

प्रतिकृया दिनुहोस