• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

दुई करोड ६३ लाखको भारतीय सहयोगमा निर्मित भवनको मन्त्रीद्धारा उद्घाटन

Fm Radio Link

प्यूठान,

प्यूठानमा दुई करोड बढीको भारतीय सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार एक समारोहबीच रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

 


भारतीय दूतावासका द्धितीय सचिव निरजकुमार जैसवालसमेत उपस्थित उद्घाटन कार्यक्रममा सयौँ स्थानीयबासी र विद्यार्थी पनि सहभागी थिए । भारतीय दुतावासका अनुसार उक्त विद्यालयको भवन निर्माण गर्न २ कारोड ६३ लाख रुपैयाँ खर्च भएको छ। हाल १ हजार ५४ विद्यार्थी अध्ययनरत उक्त विद्यालय सन् १९५१ सालमा स्थापना भएको थियो । यो विद्यालयमा हाल विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा प्लस टु पढाइ समेत भइरहेको छ ।

 


मुक्ति माध्यमिक विद्यालय नेपालको मध्यपश्चिमी क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाकारुपमा परिचित छ । यो विद्यालय विज्ञान संकायमा पढाई सञ्चालन गर्ने एक मात्र शैक्षिक संस्था पनि हो । भारतीय सहयोगमा बनेको यो विद्यालय परिसरमा नयाँ कक्षा, छात्राबास, सुरक्षा गार्ड रुम, पानी ट्यांकी र सुरक्षा पर्खाल पनि निर्माण भएको छ । यो पूर्वाधारले विद्यालयलाई उच्च माध्यमिक तहको पठान पाठन गराउन सहज हुने विश्वास भारतीय दूतावासले लिएको छ ।

 


विद्यालयको नयाँ पूर्वाधारले विद्यार्थीलाई सिकाइ शिक्षामा सहज वातावरण बनाउनुका साथै पढ्ने वातावरण पनि उत्कृष्ट हुने भारतीय दूतावासले विश्वास लिएको छ। यो विद्यालयमा पढ्ने गरिब तथा सीमान्तकृत बालबालिकाको शिक्षाको स्तर माथि उठाउन पनि विद्यालयको नयाँ पू्र्वाधारले सघाउन मद्दत पुग्नेछ। भारतीय सहयोगमा बनेको यो प्युठानकै पहिलो विद्यालय हो ।

 


 

प्रतिकृया दिनुहोस