• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

वरिष्ठ कलाकार रिमालको निधन

Fm Radio Link

काठमाडौँ, १५ भदौ  :वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ । 

रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिनुभयो । 

नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गर्नुभएका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गर्नुभएको थियो । 

उहाँ विसं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा... बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित हुनुभयो । उहाँले गाउनुभएको ‘बिना बादल असिना झ¥यो’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ सदाबहार चर्चित छन् । 

सरल र स्वभाविक अभिनयद्वारा नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई विसं ०७१ मा सिजी कामना अवार्ड समारोहमा रु एक लाख राशिको कीर्तिमय दीर्घ सम्मान गरिएको थियो । 

विसं १९८२ असोज ३ गते शुक्रबार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडाँैको लगनटोलमा जन्मनुभएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उहाँका दुई छोरा, एक छोरी हुनुहुन्छ । 
 (रासस) 

प्रतिकृया दिनुहोस