• २०८१ बैशाख १८ मंगलबार / Tuesday, April 30

जीप दुर्घटनामा दुईको मृत्यु

Fm Radio Link

दमौली,  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । 

 

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । थापाको दमौली अस्पतालमा र घर्तीको पोखरास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

 

 

तनहुँ बन्दीपुर गाउँपालिका–३ रामकोटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नं को जीप पृथ्वीराजमार्गबाट अन्दाजी ३० मिटर तल खस्दा दुर्घटना भएको हो । 

 

 

दुर्घटनामा सोही ठाउँका ६० वर्षीया बेलीसरा थापा, ३५ वर्षीया मीरा थापा, ३५ वर्षीया लक्ष्मी पन्त, ५३ वर्षीय दलबहादुर सुनारी मगर, ६२ वर्षीय ओमबहादुर थापा, ५९ वर्षीया देवीमाया थापा, १८ वर्षीया खुममाया थापा, ३६ वर्षीय घनश्याम थापा, ३१ वर्षीया सावित्री थापा, ३२ वर्षीय कुमार बस्याल र ६५ वर्षीय होमबहादुर थापा घाइते भएका छन् ।

 

 

 घाइतेको सबैको रत्नहरि र दमौली अस्पतालमा उपचार भइरहेको छ । जिपको अगाडिको टायर पड्किएर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

 

 

प्रतिकृया दिनुहोस